बुधवार , बैशाख १६, २०८३
काठमाडौं, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ ।
समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो । बैठकमा उपस्थित सांसदहरूबीच विभिन्न समसामयिक एजेण्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
