२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

लायन्स सिद्धार्थनगर युथको अध्यक्षमा हरि आचार्य

बिहिवार , बैशाख १७, २०८३

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, १७ वैशाख । लायन्स क्लब अफ सिद्धार्थनगर युथको वर्ष २०२६–२०२७ का लागि अध्यक्षमा हरि आचार्य निर्वाचित हुनुभएको छ । भैरहवामा सम्पन्न क्लबको १० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६–२०२७ का लागि आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

    आचार्य विगत ६ वर्षदेखि लायन्सको यात्रामा क्रियाशील हुनुहुन्छ । त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा मोहम्मद जुवेर खान, द्वितीय उपाध्यक्षमा सचिन्द्र तुलाधर, तृतीय उपाध्यक्षमा विराट गुरुङ, सचिवमा विरेन्द्र ज्ञवाली र कोषाध्यक्षमा विवेक रधुवंशी निर्वाचित हुनुभएको छ । 

    त्यस्तै क्लब मेम्बरसीप चेयरपर्सनमा विशाल जैसवाल, सर्भिस चेयरपर्सनमा जवाहिर अग्रहरी, क्लब मार्केटिङ चेयरपर्सनमा शिवु आले, क्लब प्रशासन प्रमुखमा संजय जैसवाल, जिलटी कोर्डिनेटरमा सुनिल कुमार जैसवाल, क्लब डाइरेक्टरमा अनुज खत्री, सह–सचिवमा मो.बर्कतुल्ला साह (मसुर), सह–कोषाध्यक्षमा दिपेश गुप्ता, टेल–टुईस्टरमा शिव सागर अग्रहरि र टेमरमा समिर कार्की निर्वाचित हुनुभएको निर्वाचन आयुक्त धिरज कुमार मल्लिक र प्रशान्तमणि रामदामले बताउनुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२५–२०२६ का अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर अर्चित कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको गियो ।

    WhatsApp Image 2026-04-29 at 12.33.28 PM (1).jpeg

    कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अर्चित कुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु धिरज कुमार मल्लिक, असिम सैजु, प्रशान्तमणि रामदाम, अनित कुमार गुप्ता, सन्दिप नाथ गोंगल, निकेशदेव हटुवाल, नोमिनेशन अधिकृत निदेव हटुवाल लगायतले लायन्सका मर्म अनुसार सामाजिक उत्तरदायित्वका कार्यहरुलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।