बिहिवार , बैशाख २४, २०८३
भैरहवा, २४ वैशाख । रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा अनुगमन गरिएको छ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीसहितको टोलीले बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
सांसद् पौड्यालले बाल सुधार गृहलाई अझ ठूलो स्थानमा स्थान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो । त्यसका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभयो । एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्याहरु आउन सक्ने देखिएको उहाँको भनाइ छ ।
बाल सुधार गृहमा स्थानीय तहहरुले खाजाको व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो प्रयाप्त हुन नसकेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्य समेत रहनुभएकी पौडेलले बाल सुधार गृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकोमा जोड दिनुभयो । बाल सुधार गृहमा हाल १०२ जना बालकहरु छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
