२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

दुर्गा सामुदायिकमा अन्तरक्रिया कार्यक्रम

शुक्रवार , जेठ १, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, १ जेठ । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका–३, ५ र ६ को सञ्चालन गरेका कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताका अनुसार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट प्रहरी अनुशिक्षण कार्यक्रम÷समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अध्ययनका लागि टोली प्रमुख (प्रहरी निरीक्षक) लोकेन्द्र जि.सी.को नेतृत्वमा ४० जनाको टोली यहाँ आएको थियोे । 

    सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, सल्लाहकार आनन्द प्रसाद न्यौपानेको स्वागत तथा महासचिव पुनम क्षेत्रीको सञ्चालनमा बिहीबार संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रहरी निरीक्षक लोकेन्द्र जि.सी.ले सहजीकरण गर्नुभएको थियो ।

    701088296_26731846939842622_8597621726263774156_n.jpg