२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीनजना प्रहरीकाे नियन्त्रणमा

आइतवार , जेठ ३, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • मुस्ताङ, ३ जेठ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट बैशाख १ गते राती ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् ।

    नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ । 

    नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाईएको छ ।