२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

प्रधानमन्त्रीले प्रतिनिधि सभा नियामावली मिच्नुभयो : नेकपा

आइतवार , जेठ १७, २०८३

  • 721
    Shares
  • 721
    Shares
  • काठमाडौँ, १७ जेठ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभा नियमावली उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । 

    आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीबाट संविधान र नियमावली मिचिएको विषय संसद्को ध्यानाकर्षण गराउन चाहेको बताउनु भयो । प्रधानमन्त्रीबाट यस्तो कार्य हुनु राष्ट्रका लागि दुःखद् भएको उहाँको भनाइ थियो ।

    दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६(१) अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

    उक्त व्यवस्थाअनुसार १५–१५ सदस्यको समूह गठन गरी प्रधानमन्त्रीलाई सोधिने प्रश्न तीन दिनअघि लिखित रूपमा उपलब्ध गराउनुपर्ने तथा प्रधानमन्त्री उपस्थित भएको दिन एक घण्टा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनु भयो । तर उक्त प्रक्रिया पालना नगरिएकाले नियमावलीको स्पष्ट उल्लङ्घन भएको दुलालको आरोप छ । उहाँले यस विषयलाई संसदको अभिलेखमा दुःखका साथ दर्ज गराउन चाहेको बताउनु कभयो ।

    उहाँले भन्नुभयो, ‘आज फेरि एकपटक संविधान र नियमावली मिचिएको कुरा संसदलाई अवगत गराउनु चाहन्छु । सम्माननीय प्रधानमन्त्रीबाट त्यो हुनु राष्ट्रको लागी धेरै नै दुःखद् हो । हाम्रो प्रतिनिधिसभा नियामावली, २०७९ को ५६ एकमा प्रतिनिधि सभाका सदस्यहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ ।

    जसअन्तर्गत समुह विभाजन गरिन्छ, १५÷१५ जनाको, त्यो समुहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा ३ दिन अगाडी नै लिखित रुपमा प्रश्न दिने र प्रधानमन्त्री उपस्थिति भएको दिन १ घण्टा प्रश्नोत्तर राख्ने प्रावधान भएकोले यो नियामावलीको नियम मिचिएको कुरा दुःखका साथ दर्ज गर्न चाहन्छु ।’

    प्रधानमन्त्री साहले प्रतिनिधिसभामा सांसदहरुसंग प्रश्नोत्तर गर्न समय माग गर्नुभएपछि सभामुख डोरप्रसाद अर्यालले समय दिनुभएको थियो ।