images

बुधवार, बैशाख १२ गते २०८१

१० वर्ष बढी सजाय पाएका १० जना फरार प्रतिवादी पक्राउ

१० वर्ष बढी सजाय पाएका १० जना फरार प्रतिवादी पक्राउ

images
images
images
बुधवार, बैशाख २९ २०७८
बुधवार, बैशाख २९ २०७८
  • १० वर्ष बढी सजाय पाएका १० जना फरार प्रतिवादी पक्राउ

    भैरहवा, २९ वैशाख । 
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १० वर्ष बढी सजाय पाएका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले वैशाख १ गतेदेखि वैशाख २७ गतेको अवधिमा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ‘फरार प्रतिवादी अप्रेशन कार्यक्रम’ सुरु गरेपछि जघन्य/गम्भिर अपराधमा संलग्न भइ अदालतबाट सजाय पाएका फरार प्रतिवादीहरु पक्राउ पर्न थालेका छन् । 

    images

    अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । कोभिड–१९ को अवस्थामा समेत फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

    त्यसै क्रममा लागूऔषध मुद्दामा सजाय भइ फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । २०५७ साल असार २५ गते रुपन्देही जिल्ला अदालतको फैसलाले १० वर्ष कैद र एकलाख जरिवाना सजाय भइ फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

    वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले साविक बुटवल नगरपालिका वडा नम्बर १४ हाल बुटवल उपमहानगरपालिका–१२ तामनगर बस्ने ४४ वर्षिय निर्मल थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । निर्मललाई उनकै घरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाइएको र उनी कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ । 

    अदालतबाट सजाय पाएका र आपराधिक घटना घटाएर फरार रहेका आरोपीहरुलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाइनुका साथै सबै इलाका र चौकीका इञ्चार्जहरुलाई खोजीमा खटाइएको छ ।

    ‘फरार रहेका अपराधीहरु समाजमा रहेर पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिदैन’ रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न सुरु गरेका हौं ।’













    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij