२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद बैठक चल्न दिँदैनौँ : पदमबहादुर परियार

मंगलवार , जेठ १९, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौँ, १९ जेठ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ । 

    मंगलवार राष्ट्रिय सभा बैठक सूरु हुनासाथ उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले उहाँले संसदमा आएर माफी नमागेसम्म बैठक चल्न नदिने प्रष्ट्याउनुभएको हो । प्रमुख सचेतक परियारले प्रधानमन्त्री साह कुटनीति र राजनीति सम्बन्धि सामान्य ज्ञान समेत नभएको कुरा पनि छताछुल्ल भएको जिकिर गर्नु भयो ।

    उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति काँग्रेसका लागि पनि पनि हालतमा स्वीकार्य नहुने अडान पनि दोहो¥याउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको महत्वलाई अनुशरण गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

    सचेतक परियारले भन्नुभयो,‘प्रधानमन्त्रीको भनाई अक्ष्यम्य छ । आपत्तिजनक छ । र, घोर निन्दनीय पनि छ । यसले उहाँको कमजोर राजनीतिक चेतलाई पनि छताछुल्ल पारेको छ ।

    त्यतिमात्रै होइन, सीमा सम्बन्धि गन्तव्यहिन विचारहरु जसरी सरकार प्रमुखको तर्पmबाट राखिएको छ । यो नेपाली काँग्रेसका लागि स्विकार्य छैन । लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितका नेपाली भूभागहरु लगभग ३७२ किलोमिटर नेपाली भूभाग अतिक्रमण भएको विषय हामी सबैलाई थाहा छ ।

    तर सरकार प्रमुखबाट नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने जुन स्विकारोक्ति सरकार प्रमुखको तर्फबाट आएको छ । यो हामी स्विकार गर्न सक्दैनौ । अझै हास्यास्पद र संवेदनशील विषय त यो छ कि सरकार प्रमुखकै तर्फबाट सीमा समस्याबारे बेलायतसँग कुरा भईरहेको छ भनेर जुन दावी गर्नु भएको छ । यो अत्यन्तै आपत्तिजनक र हास्यास्पद पनि छ ।

    यो सरकार आधिकारिक धारणा हो कि, रास्वपा पार्टीको पनि धारणा हो ? यसको बारेमा स्पष्ट पार्नुपर्ने देखिएको छ ? हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत जानु भएको थियो । इन्डियाको एक पत्रिका समाचार प्रकाशित गरेर नेपाल र भारतबीचको जुन पारस्पिारिक सम्बन्ध छ ।त्यसलाई यस्तो हल्का रुपमा ब्याख्या गरिएको छ कि दुई मुलुकबीचको जुन बहुआयामिक सम्बन्ध छ । यसलाई एउटा सामान्य विकासको मोडेलबाट हेरिनु पर्दछ भनेर असाध्यै साँघुरो घेराबाट माननीय सभापतिले राख्नु भएको छ ।

    यो प्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी यो सदनमा पार्टीको तर्फबाट स्पष्ट कुरा के राख्न चाहन्छौ भने या त सम्माननीय प्रधानमन्त्रीले सदनमा आएर भन्नु प¥यो–कुन ठाउँमा, कति स्वायरमिटर भारतीय भुमि नेपालले मिचेको तथ्य प्रमाणसहित प्रधानमन्त्रीले संसदलाई जवाफ दिनु प¥यो । प्रधानमन्त्रीको आफनो घर भनेको संसद हो ।

    प्रधानमन्त्रीको आफनो थलो भनेको संसद हो । नलजाई विना शंकोच मैले तथ्य भन्दा बाहिर गएर बोलेँ । मैले आवेशमा आएर बोलेँ । आईएम सरी भनेर भन्न सक्नु प¥यो  । त्यति हिम्मत सम्माननीय प्रधानमन्त्रीले राख्नु प¥यो । यदि त्यसो पनि गर्न नसक्ने हो भने सम्माननीय अध्यक्ष महोदय नेपाली काँग्रेस लगायत विपक्ष दलहरुको तर्फबाट हामी यथास्थितिमा सदनको कारबाही अगाडि बढाउन सक्दैनौ ।’

    प्रमुख सचेतक परियारले प्रधानमन्त्री साहलाई विना प्रमाण सीमाजस्तो संवेदनशील विषयमा बोल्ने छुट नभएको पनि बताउनु भयो ।