२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ : एमाले

मंगलवार , जेठ १९, २०८३

  • 52
    Shares
  • 52
    Shares
  • काठमाडौँ, १९ जेठ । विपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ । 

    मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री साहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि अभिव्यक्ति दिएको भए त्यो गम्भिर विषय भएकाले उहाँले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफनो पार्टीको अडान रहेको बताउनुभएको हो ।

    सांसद ठगुन्नाले उक्त अभिव्यक्ति भूलबश भएको भए क्षमायाचना मागेर अघि बढन पनि प्रधानमन्त्री साहलाई दवाव दिनु भयो । उहाँले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले मुलुकलाई ठूलो क्षति भईरहेको जिकिर गर्दै त्यसलाई जनताले सुन्नेगरी प्रधानमन्त्रीले सच्याउनुपर्ने बताउनु भयो ।

    सांसद ठगुन्नाले भन्नुभयो,‘हाम्रो देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ  सबैलाई थाहा भएको विषय हो । यो गम्भिर आपत्तिजनक विषय छ । देशहित विपरित छ । सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने विषय छ । यदि यो भूलबस अन्जानमा टङगस्लिप भएर भएर भएको हो भने यसलाई धेरै लामो लैजानु हुँदैन ।

    यसले देशलाई ठूलो क्षति पु¥याईरहेको छ । हाम्रो देश भित्र यसले एउटा ठूलो आशंका उत्पन्न भइराखेको छ । उहाँले यो सदनमा आएर यो भूलवश भएको हो, हाम्रो देशको अडान यो हो भनेर हामीले साझा अडानका साथ अगाडि जान सकिन्छ । यो विषयलाई हामीले धेरै ठूलो विषयको रुपमा अगाडि बढाउन उपयुक्त छैन ।

    उहाँले् जनताको अगाडि गल्तीबस भएको कुरालाई स्विकार गर्दै क्षमायाचना गर्दै अगाडि बढनु पर्दछ । यदि नियतवश यस्तो कुरा गर्नु भएको हो भने यो गम्भिर आपत्तिजनक विषय हो । यो विषयमा उहाँले राजीनामा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’

    सांसद ठगुन्नाले प्रधानमन्त्रीले जनताको अगाडि गल्ती भए स्विकार गर्दै अघि बढनु सबैभन्दा उपयुक्त हुने धारणा समेत राख्नुभयो ।