२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बिरामीलाई स्वयं अक्सिजनको व्यवस्थापन गर्न युसीएमएसको आग्रह

बुधवार , बैशाख २९, २०७८

भैरहवा, २९ वैशाख । 
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)ले आज बुधबार दिउँसो ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने अवस्था रहेको जनाएको छ । अक्सिजन आपूर्ति गर्न कठिनाइ रहेकोले उक्त समयपश्चात त्य हुन सक्ने भवितव्यलाई मध्यनजर गर्दै सम्पूर्ण उपचाररत विरामी पक्षलाई यथाशिघ्र आ–आफ्नो व्यवस्थापन गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।

अक्सिजन आपूर्तिका लागि पहल गर्दागर्दै उपाय नलागेपछि बिरामीलाई स्वयं अक्सिजनको व्यवस्थापन गर्न अस्पतालले बुधबार सूचना जारी गरेको छ । दैनिक करिब ७ सय बढी हाराहारीमा ठूलो अक्सिजन सिलिण्डरको प्लान्टहरुबाट मात्र नभइ अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपूर्ति गर्न कठिनाइ उत्पन्न भएको अस्पतालको भनाइ छ । 

‘अक्सिजन आपुर्तिका लागि १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत आपुसर्तमा कठिनाई भएको छ, यहाँका सबै उद्योगबाट मात्र नपुगि अन्य जिल्लादेखि समेत पहल गर्दा अक्सिजन पुर्यायाउन नसकेकाले यो समस्याबाट हुन सक्ने भवितव्यलाई मध्यनजर गरी स्वयं अक्सिजन व्यवस्थापन गर्न आग्रह गर्दछौं, ’सूचनामा भनिएको छ । अक्सिजन आपूर्तिका लागि सम्बन्धित सरोकारवालासंग अस्पताल पुन : ध्यानाकर्षण गराउन चाहन्छ’ सूचनामा उल्लेख छ । 184270914_4183658241699944_9195187615280973316_n.jpg