२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने

बिहिवार , जेठ २१, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौँ, २१ जेठ । संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ बारे विज्ञहरुसँग छलफल गर्ने भएको छ । 

    संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आगामी बैठकमा उक्त विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । उक्त विधेयकबारेमा सांसदहरुले गर्नुभएका धेरै प्रश्नहरु अनुत्तरित भएकाले समितिको आगामी बैठकमा त्यसबारे विज्ञहरुसँग छलफल गर्नुपर्ने निष्कर्षमा पुग्नु परेको समितिकी सभापति डा. ओजश्वी शेरचनले बताउनु भयो ।

    बैठकमा सांसदहरुले उक्त विधेयकका सम्बन्धमा विज्ञहरुको राय लिनुपर्ने धारणा राख्नुभएको थियो भने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि विज्ञहरुसँग पर्याप्त समय लिएर मात्रै उक्त विधेयकलाई अघि बढाउने स्पष्ट पार्नुभएको थियो ।

    समितिकी सभापति शेरचनले भन्नुभयो,‘यो विधेयक हाम्रो न्याय प्रणालीका लागि एकदमै महत्वपूर्ण छ । अव यहाँ धेरै प्रश्नहरु अनयान्सर नै नभएको कारणले गर्दा आगामी बैठकमा विज्ञहरुलाई नै ल्याएर बैठक चलाउनेछु भनेर भन्न चाहन्छु ।‘

    सभापति शेरचनले न्याय निरुपणको क्षेत्रमा काम गर्न लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक महत्वपूर्ण हुने भएकाले पनि यसको छलफल व्यापक हुनुपर्ने तर्क समेत गर्नुभयो ।