शुक्रवार , जेठ २२, २०८३
रुपन्देही, २२ जेठ । ‘सुरक्षा अटल, भविष्य सबल’ नारासहित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको सहकार्यमा बिहीबार भएको कार्यक्रममा ५९ प्वाइन्ट रगत संकलन भएको हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उपप्रमुख जुना कुँवरले जानकारी दिनुभयो ।
कार्यक्रममा इन्स्योरेन्सका विभिन्न शाखा प्रमुख, अभिकर्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख बुद्धबहादुर सुर्यवंशी, उपप्रमुख शिव कुमाल लगायतले रक्तदानको महत्व र हिमालयन लाइफ इन्स्योरेन्सका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान समेत गरिएको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
