२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेन : काँग्रेस

मंगलवार , जेठ २६, २०८३

  • 454
    Shares
  • 454
    Shares
  • काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले नै संसदको गतिरोध कायमै राखेको आरोप लगाएको छ ।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सचेतक निष्कल राईले संसदको गतिरोध जारी हुनुमा प्रधानमन्त्री साहनै जिम्मेवार रहेको जिकिर गर्नुभएको हो ।

    उहाँले प्रधानमन्त्री साहले संसदमा आएर चाँडै त्यसको गतिरोध अन्त्य गर्नुपर्ने अडान पनि राख्नु भयो । प्रधानमन्त्री साहले मुलुकको राष्ट्रियताको विरुद्धमा गम्भिर अभिव्यक्ति दिएकाले सबै विपक्ष दलहरुले त्यसको एक ठाउँमा उभिएर विरोध गर्नुपरेको पनि सचेतक राईले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो,‘सदन अवरोध हामीले कुनै रहरले गरिराखेका छैनौ । सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रियता, राष्ट्रिय अखण्डताको कुरानै आईसकेपछाडि हामी सबै प्रतिपक्ष दलहरु एक ठाउँमा छौ । तर पनि यो गतिरोधलाई, यो डेडलकलाई लामो समय राखि राख्न सकिँदैन । सहमती, सहकार्यकै बाटोबाट अघि बढने हो ।

    र यसका लागि दलहरुका बीचमा, दलका नेताहरुको बीचमा सम्वाद जारी छ । सम्माननीय प्रधानमन्त्री आउनु हुन्छ । ल्याउने काम सत्ता पक्षका दलले पनि गर्दैछ । सबैभन्दा जिम्मेवार भएकाले प्रधानमन्त्रीले डेडलक खोल्न पनि संसदमा  आउनु हुन्छ, आउनु पर्दछ । अर्थमन्त्रीले पनि कर छलीको विषयमा संसदमा स्पष्ट पार्नु पर्दछ ।’

    सचेतक राईले कर छली सम्बन्धि विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आएको स्पष्ट जवाफ दिनुपर्ने माग समेत गर्नुभयो ।