बुधवार , जेठ २७, २०८३
भैरहवा, २७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा मंगलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा १५६ जनाले आँखा परीक्षण गराएको वडा कार्यालयले जनाएको छ ।
वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख इश्तियाक अहमद खाँले वडा कार्यालयले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत तथा अर्का वडा सदस्य विनित बेरिवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सिद्धार्थनगर–५ स्थित मारवाडी सेवा संघको सभाहलमा भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij