शनिवार , जेठ ३०, २०८३
भैरहवा, ३० जेठ । रोटरी क्लब अफ भैरहवाले रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित श्री वरेवा माध्यमिक विद्यालयमा स्कूल ब्याग (झोला) वितरण कार्यक्रम गरेको छ । क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार झोला वितरण गरेको हो ।
क्लबका अध्यक्ष कमल कोइरालाले विपन्न परिवारका बालिबालिकाहरुका लागि सानो भए पनि सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । अध्यक्ष कोइरालाले हाल यू.के.मा रहनुभएका मायादेवी–३ सुक्रौलीका स्थानीय युवा राम सहानी र आशिस कुमार भुज, उहाँहरुका साथी संजय यादव लगायतले झोला वितरणमा आर्थिक सहयोग गर्नुभएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी एसिटेन्ट गनर्भर जितेन्द्रनाथ शर्माले ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मूल भावका साथ रोटरी अघि बढेको बताउनुभयो ।
रोटरीले वातावरण, विद्यालय तथा स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेको र आगामी दिनमा समेत यस्तै कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादव, प्रधानाध्यापक अब्दुल हन्नान, सहायक प्रधानाध्यापक रुपा राना, समाजसेवी तथा रोटरीयन अजय कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने राम सहानी र आशिस कुमार भुजका परिवारका सदस्यहरु उदय भुज, शिव भुज, नारद सहानी, ओमप्रकाश सहानीको पनि उपस्थिति थियो ।
कार्यक्रम संयोजक पवन पौडेलको स्वागत तथा रोटरी क्लब अफ भैरहवाका सचिव सुमन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij