शुक्रवार , आषाढ ५, २०८३
भैरहवा, ५ असार । रुपन्देहीको भैरहवामा ७० लाख रुपैयाँको लगानीमा ‘चिया कम्फोर्ट डाइन’ (सिसिडी) सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–७ स्थित आवारोडमा उक्त व्यवसायिक प्रतिष्ठान सञ्चालनमा आएको हो ।
सिद्धार्थनगर नगरपालिका–६ निवासी चाटर्ड एकाउण्टेण्ट आनन्द यादवले सिसिडी सञ्चालनमा ल्याउनुभएको हो । केही नयाँ गरौं भन्ने सोचका साथ चियाको उपलब्धता हुनुका साथै रेष्टुरेण्टसहित सिसिडी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । भैरहवाको मुटुमा रहेको यो प्रतिष्ठानमा आएर सेवाको मौका प्रदान गर्न उहाँले आग्रह गर्नुभयो ।
स्पेशल मट्का चिया, मट्का हण्डी लगायत विभिन्न परिकार यहाँको विशेषता रहेको उहाँले बताउनुभयो । यहाँ २० जना कर्मचारीले रोजगारी पाएका छन् ।
शुक्रबार ‘चिया कम्फोर्ट डाइन’ को सिए आनन्द यादवका पिता तथा समाजसेवी सियाराम यादवले उद्घाटन गर्नुभएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij