शुक्रवार , आषाढ ५, २०८३
भैरहवा, ५ असार । अभौतिक मुद्रासम्बन्धी कसूरमा प्रहरीले रुपन्देहीबाट ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
विगत केही दिनदेखि चिनियाँ नागरिकहरुले कानूनले निषेधित गरेको विभिन्न एप्स र बेबसाईटहरुमार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी) को कारोबार गरिरहेका छन भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक चन्दका अनुसार विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) एप्स, बेबसाईट, पेटिएम लगायतमार्फत कारोबार गरिरहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेको व्यक्तिहरुबाट विभिन्न कम्पनीका मोबाइल ११ थान र ल्यापटप २ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij