आइतवार , आषाढ ७, २०८३
भैरहवा, ७ असार । विश्व हिन्दू परिषद्, नेपालले संगठन विस्तारलाई निरन्तरता दिएको छ । सोही क्रममा शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा वडा समिति गठन गरिएको छ ।
शिव कुमार कोइरीको अध्यक्षतामा वडा समिति गठन गरिएको विश्व हिन्दू परिषद् रुपन्देहीका जिल्ला अध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो ।
नवगठित समितिको उपाध्यक्षमा रामकेश्वर सहानी, सचिवमा रामचन्द्र कोइरी, कोषाध्यक्षमा रामलखन लोहार, गौरषा प्रमुखमा राजकुमार चाई, युवा प्रमुखमा भिमसेन सहानी, धर्म प्रचार प्रमुखमा शेषनाथ मुराउ, सत्संग प्रमुखमा शिव सागर कोइरी र सम्पर्क प्रमुखमा महेश मौर्या रहनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij