२०८३, आषाढ ८ गते

Jun 22 2026 | २०८३, आषाढ ८ गते

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै : बजेटमाथि सैद्वान्तिक छलफल हुने

सोमवार , आषाढ ८, २०८३

  • 352
    Shares
  • 352
    Shares
  • दाङ, ८ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत १० औं बैठक सोमबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्वान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्वान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ ।

    त्यसै गरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।