२०८३, आषाढ ९ गते

Jun 23 2026 | २०८३, आषाढ ९ गते

तिलोत्तमामा दुईदिने नमुना युवा नगरसभा कार्यक्रम सम्पन्न

मंगलवार , आषाढ ९, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • तिलोत्तमा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा दुईदिने नमुना युवा नगरसभा कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले गर्नुभएको थियो भने समापन कार्यक्रममा शिक्षा अधिकृत धनी प्रसाद शर्माको अध्यक्षता रहेको थियो । आइतबार र सोमबार भएको उक्त कार्यक्रममा प्रशिक्षक प्रकाश उपाध्यायले नगरसभा सञ्चालन प्रक्रिया र तरिका एवं कानूनी प्रावधानहरुका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

    कार्यक्रमका विषयमा बोल्दै सामाजिक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरीले युवाहरू आजका मात्र नभइ भोलिका नीति निर्माता र नेतृत्वकर्ता भएकाले स्थानीय सरकारको संरचना, कार्यप्रणाली र निर्णय प्रक्रियाबारे जानकारी हुनु आवश्यक रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नमुना युवा नगरसभा कार्यक्रमले युवाहरूलाई नगर सभाको अभ्यास गराउँदै नेतृत्व विकास, सार्वजनिक बोल्ने कला, तार्किक बहस तथा स्थानीय विकासका मुद्दामा पैरवी गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    युवाहरूलाई नगरको विकास र सुशासनका विषयमा रचनात्मक सुझाव दिन तथा स्थानीय तहका गतिविधिमा सक्रिय सहभागीता जनाउनसमेत सेन्चुरीले आग्रह गर्नुभयो ।

    WhatsApp Image 2026-06-22 at 11.23.59 AM (1).jpeg

    तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि १७ सम्मका प्रतिनिधिमूलक करिब १५० जना युवाको सहभागीता रहेको कार्यक्रममा शिक्षा अधिकृत धनी प्रसाद शर्माले युवाहरुलाई सिकाइको अवसरलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको सबैखाले विकास र सामाजिक कार्यमा युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा शिक्षा शाखाकी रमा आचार्य, भूपति ज्ञवाली लगायतको उपस्थिति थियो । सो अवसरमा सहभागीकोतर्फबाट बोल्दै प्रशिक्षार्थी मनिषा पाण्डेयले छोटो समयमै स्थानीय सरकार चलाउने विधि, प्रक्रिया सिक्न पाएकोमा निकै खुसीको अनुभुति भएको बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाको विकास निर्माण, नीति तथा योजना सम्बन्धी छलफल, सभा सञ्चालन, नेतृत्व विकास, पैरवी गर्ने सीप तथा स्थानीय सरकारको कार्यप्रणालीबारे ज्ञान प्रदान गरिएको प्रशिक्षक प्रकाश उपाध्यायले बताउनुयो । सहभागी युवाहरूलाई नमुना नगर सभाको व्यवहारिक अभ्याससमेत गराई नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका संयोजक तथा नगरसभा सदस्य बनाई सबैलाई बोल्ने र नगर सभा सञ्चालन गर्ने व्यवहारिक कक्षा गराइएको संयोजक भूपति ज्ञवालीले बताउनुभयो ।

    1.JPG

    युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्दै स्थानीय तहको नीति निर्माण तथा निर्णय प्रक्रियाप्रति चासो र सहभागीता बढाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

    sssss.JPG