२०८३, आषाढ १० गते

Jun 24 2026 | २०८३, आषाढ १० गते

पुनर्ताजगी तालिम सम्पन्न

बुधवार , आषाढ १०, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • पाल्पा, १० असार । महिला उत्थान गाउँ समन्वय उपभोक्ता समिति, पूर्वखोला गाउँपालिका–४ पाल्पाले स्थानीय महिला समूहका अध्यक्ष र सचिवहरुका लागि तीनदिवसीय उद्घोषण पुनर्ताजगी तालिम मंगलवार देवीनगरमा सम्पन्न गरेको छ । 

    समापन समारोहका प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि भुवन सिंजालीले महिलाहरुको क्षमता, दक्षता र योग्यता अभिवृद्धि गर्दै उद्घोषण गर्ने कलाको विकास गर्नका लागि उक्त तालिमको आयोजना गरेको बताउनुभयो । आगामी वर्षमा समेत महिला अधिकार र उत्थानका लागि वजेट विनियोजन गरिने प्रमुख अतिथि सिंजालीले प्रतिवद्वता जनाउनुभयो । साथै उहाँले आफूले प्राप्त गरेको ज्ञान तथा सीपलाई आफ्नो महिला समूहमा यथेष्ट प्रयोग र कार्यान्वयन गर्न अनुरोध समेत गर्नुभयो ।

    साथै सोही कार्यक्रमका अतिथि भगवती रानाले महिलाहरु पछाडि पारिएका समुदाय भएकाले अघि बढ्नका लागि पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त पुनर्ताजगी तालिमले आफ्नो व्यक्तित्व विकास र समुहको संस्थागत विकासमा टेवा पुग्ने बताउनुभयो । ज्ञान र सीपको प्रयोग र अभ्यासले नै तालिमको परिणाम सकारात्मक आउने रानाको तर्क थियो । 

    WhatsApp Image 2026-06-23 at 7.56.43 PM.jpeg

    तालिमको सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङ र फोटो पत्रकार मनिष पन्थले गर्नुभएको थियो ।
    समापन कार्यक्रममा तालिम सिकाई प्रभावकारी रहेको, आफूहरुले कार्यक्रम सञ्चालन अवधिमा देखेका वा भोगेका समस्यालाई समाधान गर्ने उपाय हासिल गरेको र उद्घोषण कलामा थप निखारता ल्याउने आशा र अपेक्षा राखेको सहभागीकातर्फबाट दिव्या सारु र सुमित्रा थापाले व्यक्त गर्नुभएको थियो । 

    समितिका सचिव चुनिसरा थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विष्णु घर्तीले गर्नुभएको थियो ।