बुधवार , आषाढ १०, २०८३
भैरहवा, १० असार । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ३८ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य ३८ लाख ६८ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामानमा फ्रिजको कम्परेसर, विभिन्न किसिमका औषधीजन्य सामान, एसीको आउटडोर मोटर, जुत्ता, साडी, बेल्ट, पाडापाडी, विभिन्न किराना सामान, डिजल एग्लाँस्ट फ्लुइड, सुर्ती, मोटरसाइकल लगायत रहेका छन् ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij