२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्षमा उमेश थापा

बिहिवार , आषाढ ११, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, ११ असार । लायन्स क्लब अफ सिद्धार्थनगर भैरहवा, रुपन्देहीको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भैरहवामा सम्पन्न कार्यक्रममा क्लबको वर्ष २०२५–०२६ का अध्यक्ष धर्मराज आचार्यले वर्ष २०२६–०२७ का अध्यक्ष उमेश थापा लाटोमगरलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

    क्लबको वर्ष २०२६–०२७ कार्यसमितिको प्रथम उपाध्यक्षमा कुलचन्द्र गौतम, द्वितीय उपाध्यक्षमा कमल ज्ञवाली, तृतीय उपाध्यक्षमा रघु खनाल, सचिवमा नारायण आचार्य, कोषाध्यक्षमा टीकाराम भट्टराई, सह–कोषाध्यक्षमा आनन्द खनाल र सह–सचिवमा गोकुल कंडेल रहनुभएको छ ।

    त्यस्तै नोमिनेशन चेयरपर्सनमा अर्जुन पौडेल, क्लब मार्केटिङ चेयरपर्सनमा चन्द्र रोका, लियो (एडभाइजर) मा भिष्म न्यौपाने, क्लब एडमिनिष्ट्रेशन  चेयरपर्सनमा रुपमा हिराचन, बिलडिङ चेयरपर्सनमा प्रेम सेन्चुरी, पब्लिक रिलेशन चेयरपर्सनमा कृष्ण घिमिरे, टेल ट्वीस्टरमा मोहन सिंह गुरुङ, टेमरमा विमल गौतम, मेम्बरसीप ग्रोथ चेयरपर्सनमा मनिष ढकाल, क्लब एडिटरमा खगेन्द्र शर्मा, जीएलटी कोर्डिनेटरमा महेशचन्द्र थापा र एलसीएफ कोर्डिनेटरमा नेत्र प्रसाद आचार्य रहनुभएको छ ।

    त्यसै गरी डाइरेक्टर (निर्देशक) मा जगत खरेल, दिनेशमान अमात्य, नुमेन्द्र पौडेल, हरि ज्ञवाली, ज्ञान जयसवाल र गंगासागर अग्रहरी रहनुभएको छ । 

    क्लबको सल्लाहकारमा महेन्द्र कुमार श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, सावित्री गुरुङ र क्लबका सम्पूर्ण पूर्वअध्यक्षहरु रहनुभएको छ ।

    कार्यक्रममा बोल्नुहुँदै लायन्स क्लब अफ सिद्धार्थनगरको वर्ष २०२६–०२७ का अध्यक्ष उमेश थापा लाटोमगरले क्लबको ३८ औं अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँदा आफूलाई निकै भाग्यमानी र गौरवान्दित महसुस गरेको बताउनुभयो । उहाँले संस्थाको यो गर्विलो र ऐतिहासिक गरिमालाई अझ उच्च उचाईमा पुर्याउने भूमिका र आफ्नो टीमको रहने बताउनुभयो ।

    Umesh Thapa.jpg

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लब अफ सिद्धार्थनगर लामो इतिहास बोकेको क्लब भएको बताउनुभयो ।

    विशिष्ट अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५–०२६ का अध्यक्ष धर्मराज आचार्यले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

    731843552_1716085756725999_389902820260024217_n.jpg