२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

२८ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

आइतवार , आषाढ १४, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • बुटवल, १४ असार। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८ औं स्थापना दिवसमा तीनदिने रचनात्मक कार्यक्रम शुभारम्भ गरेको छ । शनिबार संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरी शुभारम्भ भएको हो ।

    एक कार्यक्रमकाबीच संघका अध्यक्ष माधव खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मन भण्डारी, महासचिव केशवराज कंडेल, कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।

    कार्यक्रममा संघका अध्यक्ष माधव खनालले यो वर्ष स्थापना दिवसलाई विशेष रुपमा मनाउने तीनदिने कार्यक्रम गर्न लागेको बताउनुभयो । मंगलबार साधारण सभाको औपचारिक कार्यक्रमका साथै स्रस्टा सम्मान कार्यक्रम गरी मनाइने उहाँले बताउनुभयो ।

    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पार्नुभयो । स्थापना दिवसको अवसरमा सामाजिक कार्यमा अग्रसर रहेर सामाजिक गतिविधिमा संघको अग्रसरता रहेको उहाँले बताउनुभयो । रुपन्देहीमा रक्तदान अभियानलाई यो अवस्थामा ल्याउन विभिन्न अगुवाहरुको योगदान रहेको स्मरण गर्दै उहाँले निरोगिताको प्रमाणका रुपमा रक्तदान मान्न सकिने बताउनुभयो । रगत अभावकै कारण बिरामीको ज्यान जाने अवस्था रोक्न यस्ता रक्तदान अभियान महत्वपूर्ण हुने उहाँको भानइ छ ।

    नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम पाण्डेले जानकारी दिनुभयो ।