आइतवार , आषाढ १४, २०८३
भैरहवा, १४ असार । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय, रुपन्देहीको आयोजनामा शनिबार पौष्टिक आहार वितरण कार्यक्रम गरिएको छ ।
जेष्ठ नागरिक, एकल महिला र अपागंता भएका व्यक्तित्वहरुको सम्मानार्थ सो सामग्री वितरण गरिएको हो । सहभागी सय जना बढी व्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नम्बर ५ का वडाअध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुको सम्मान गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउनुभयो । उहाँले सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।
कार्यक्रममा एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष अरुणा श्रेष्ठ, समाजसेवी वृजेश कुमार अग्रवाल,न ागरिक सरोकार मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोल्दै ५ नम्बर वडाले गरेका कामको प्रशंसा गर्नुभएको थियो । वडा सदस्य विनित कुमार बेरीवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा नम्बर ५ ले विभिन्न कार्यहरु गर्दै आएको छ । जेष्ठ नागरिलाई स्वास्थ्य शिविर, धार्मिक स्थलको अवलोकन भ्रमण, विद्यालय भवन निर्माणमा सहयोग, छठ पोखरी निर्माण लगायत विविध सामाजिक क्षेत्रका कार्यहरु गर्दै आइरहेको अध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij