बुधवार , आषाढ १७, २०८३
भैरहवा, १७ असार । लायन्स क्लब अफ भैरहवा लिगेसीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भैरहवामा भएको कार्यक्रममा क्लबको वर्ष २०२५/०२६ का अध्यक्ष राजन शुक्लाले वर्ष २०२६/०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालालाई पद हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै क्लबको वर्ष २०२५/०२६ का सचिव गोविन्द उपाध्यायले वर्ष २०२६/०२७ का अध्यक्ष रामनारायण ठाकुर (मुन्ना) पद हस्तान्तरण गर्नुभएको थियो ।
त्यसै गरी वर्ष २०२५/०२६ का कोषाध्यक्ष रामनारायण ठाकुर (मुन्ना)ले वर्ष २०२६/०२७ का कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्तालाई पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा क्लबको वर्ष २०२५/०२६ का अध्यक्ष राजन शुक्लाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
वर्ष २०२६/०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालाले आफ्नो कार्यकालमा रचनात्मक काम गर्दै क्लबको गरिमा अझै बढाउने बताउनुभयो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, प्रमुख सल्लाहकार उमाशंकर पाठक लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij