२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेन : अध्यक्ष राई

शुक्रवार , आषाढ १९, २०८३

  • 481
    Shares
  • 481
    Shares
  • काठमाडौँ, १९ असार । म संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

    दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिनुभएको हो ।

    अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महशुस हुनेगरी परिणाम दिन नसकेको दाबी गर्नुभयो । उहाँले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराउनु भयो । सरकारले सय दिनमा गरेका कामहरुको जनताले महशुस गरेजस्तो आफ्नो अनुभुति नरहेको अध्यक्ष राईको भनाई छ । 

    उहाँले भन्नुभयो,‘कोशिस उहाँहरुले गर्नुभएको हो । तर रिजल्ट चाहीँ जनतालाई त्यति महशुस भएको छैन । रिजल्ट भएको महशुस हुुनुपर्दछ । महंगीहरु धेरै भयो ।

    अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ ।’

    अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गर्नुभयो । उहाँले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताउनु भयो ।