शनिवार , आषाढ २०, २०८३
रुपन्देही, २० असार । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कार्यक्रममा बेस्ट फाइनान्स कम्पनी लिमिटेडको अमरपथ शाखा प्रमुख रश्मि श्रेष्ठले वृद्धाश्रमलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले समाजका ज्येष्ठ नागरिकप्रति सम्मान, सहयोग र संरक्षणको भावना विकास गर्न यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बेस्ट फाइनान्स कम्पनी लिमिटेड, मिलनचोक शाखाका प्रमुख तथा बुटवल क्लस्टर प्रमुख बिकल क्षेत्रीले हाल कम्पनीका देशभर १८ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा थप चारवटा शाखा विस्तार गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।
बेस्ट फाइनान्स कम्पनी लिमिटेडले वित्तीय सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक, शैक्षिक तथा मानवीय सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij