आइतवार , आषाढ २१, २०८३
काठमाडौँ, २१ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामथ्र्य नरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिध्याउने सामथ्र्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गर्नुभयो ।
आफूहरुले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरुलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाउनु भयो । ओलीले आफूहरुलाई कमजोर पार्न सबै सामथ्र्य लगाएको पनि उहाँको आरोप छ ।
संयोजक दाहालले भन्नुभयो, ‘ हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ युवाहरूलाई ल्याऊँ नयाँ नेतृत्वको टिम बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले । प्रचण्डको कहिले १४० अर्ब छ दुबईमा भन्या छ तपाईंहरू पनि दिमाग खराब भएको होला तीन चोटी त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो । कताकता के–के हो के–के ।
केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो । यो बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो ।
केपी ओलीले यति खोजेको हुन् हाम्रो कहाँ छ कति छ यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् हामीलाई सिध्याउने । तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ । अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस् ।’
पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij