२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा सांसद थापाको जोड

आइतवार , आषाढ २८, २०८३

  • 370
    Shares
  • 370
    Shares
  • भैरहवा, २८ असार । बहुल जाति धर्मको हितमा सम्पूर्ण क्षेत्री समुदाय लाग्नुुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । क्षेत्री समाज नेपाल सिद्धार्थनगर, भैरहवाद्वारा आयोजित सम्मान तथा मनोनयन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले भन्नुभयो–‘हाम्रो राष्ट्रिय गीतको वाक्यांशमा भनेझै हाम्रो नेपाल बहुुल जाति भाषा धर्म र संस्कृतिको विशाल ठाउँ हो । हामी सबै जातिको सम्मान गर्दै अगाडी बढ्नुुपर्दछ ।’

    प्रतिनिधि सभा सदस्य डा.थापाले सो अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन खण्डकाव्यमा उद्धृत क्षेत्रीको छोरो यो पाऊ छुुन्छ, घिनले छँुदैन । मानिस ठूलो दिलले हुुन्छ, जातले हँुदैन’ भन्ने वाक्यांशलाई स्मरण गर्दै क्षेत्री जातिले नेपाली समाजमा भएको जातीय विभेद र सामाजिक विभेदको अन्तयको लागि अगुुवाइ गर्नुुपर्ने बताउनुभयो ।

    क्षेत्री समाज नेपाल सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापा क्षेत्रीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) सागर प्रताप राणाले समाजको अगुुवाई गर्ने क्षेत्री जातिले नै सामाजिक विभेद र सामाजिक समस्याको निराकरणमा नेतृत्वदायी भूमिका खेल्नुुपर्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा सिद्धार्थनगरका पूर्व उपउपप्रमुख सुरेन्द्रजंग थापा, सिद्धार्थनगर वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणा, क्षेत्री समाज नेपाल सिद्धार्थनगर महिला कमिटीको संस्थापक अध्यक्ष माया रावल, विकास रायमाझी, जीतबहादुर कार्की, पवित्रा पछाई लगायतले बोल्दै नेपाली समाज विविधतामा एकता भएको बताउनुभयो । उहाँहरुले पुर्खाहरुको योगदान र त्याग, बलिदानीको कदर गर्दै देशभरका क्षेत्रीहरु एकताबद्ध हुुुनुुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको अवसरमा क्षेत्री समाजको स्थापना र सञ्चालनमा विशेष योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने समाजको सल्लाहकारहरु पनि मनोनित गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा क्षेत्री जातिको जनसंख्या ४७ लाख ९६ हजार ९९५ अर्थात कुल जनसंख्याको १६ दशमलब ४५ प्रतिशत रहेको छ । सिद्धार्थनगर भैरहवामा कुल ७५ हजार जनसंख्यामध्ये ९ प्रतिशत क्षेत्री जातिको जनसंख्या रहेको छ ।

    क्षेत्री समाज सिद्धार्थनगरको अध्यक्ष खिमबहादुर जिसी हुनुहुन्छ भने पूर्वअध्यक्ष मिलन बस्नेत हँुदै यतिबेला राजेन्द्र थापा क्षेत्रीले उक्त समाजको नेतृत्व सम्हालिरहनुभएको छ ।

    नेपालको एकीकरण अभियानदेखि नै क्षेत्री जातिका व्यक्तिहरुको योगदान स्मरणीय रहेको देखिन्छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानमा क्षेत्री (खस) समुदायका भारदार र सैनिकहरू कालु पाँडे, केहरसिंह बस्न्यात, अभिमानसिंह बस्न्यात, र रामकृष्ण कुँवर जस्ता वीरहरूले एकीकरणको नेतृत्व गर्नुभएको थियो ।
    त्यसै गरी अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुँवर जस्ता क्षेत्री योद्धाहरूले नेपालको सिमाना पश्चिममा काँगडा र पूर्वमा टिस्टासम्म पुर्याउन वीरतापूर्वक लड्नुभएको थियो ।

    एंग्लो–नेपाल युद्ध (१८१४–१६) भनेर चिनिे नालापानीको युद्धमा बलभद्र कुँवर र जैथकको युद्धमा अमरसिंह थापाको वीरताको प्रशंसा अंग्रेजहरूले समेत गरेका थिए । बद्दोवालको युद्धमा ७० वर्षको उमेरमा भक्ति थापाले देखाएको साहस नेपालको इतिहासमा अमर छ । त्यसै गरी शक्तिशाली छिमेकीहरूका सामु नेपाललाई कहिल्यै कसैको गुलाम हुन नदिन क्षेत्री शासक र सेनापतिहरूले कूटनीतिक र सैन्य सन्तुलन कायम राखेको इतिहास छ । नेपालको पहिलो प्रधानमन्त्री मानिने भीमसेन थापाले झण्डै ३१ वर्ष देशको प्रशासन सम्हाले र सेनाको आधुनिकीकरण गरे भने जंगबहादुर राणाले युरोप भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपालको सार्वभौमिकतालाई बेलायतद्वारा मान्यता दिलाउने काम गरेको इतिहास छ । नेपालको पहिलो लिखित कानून ‘मुलुकी ऐन’ पनि क्षेत्री अगुवा जंगबहादुरद्वारा नै जारी भएको हो ।  जसले देशलाई एउटै कानूनी चक्रमा बाँध्ने जग बसाल्यो ।