२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

मंगलवार , आषाढ ३०, २०८३

  • 808
    Shares
  • 808
    Shares
  • काठमाडौँ, ३० असार । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ ।  कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।

    गम्भीर अवस्थामा रहेका मण्डललाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं पुर्याईएको थियो। साँझ करिब ७ः३० बजे उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको थियो। शरीरको अधिकांश भाग जलेका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको थियो।

    मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।

    विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्‍यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए । 

    विवेककी भाउजू शान्तिदेवी मण्डलले भनिन,‘एक वर्षदेखि घरमै बस्नुभएको थियो । मानसिक तनाव लिन थाल्नुभएको थियो । एक्कासी शुक्रबार दिउँसो १२ बजेतिर सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गर्नुभयो ।’