२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

रौतहटमा पनि युवकद्वारा आत्मदाहको प्रयास

बुधवार , आषाढ ३१, २०८३

  • 709
    Shares
  • 709
    Shares
  • रौतहट, ३१ असार । रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

    गौतम गरुडा बजारस्थित झाझ पुल नजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्ना तीन छोरा तथा परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

    आत्मदाहको प्रयासलगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको बताइएको छ।