२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

वृक्षारोपण कार्यक्रमबाट सुरु भयो उमेश थापाको कार्यकाल

शुक्रवार , श्रावण १, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, १ साउन । लायन्स क्लब अफ सिद्धार्थनगरले शुक्रबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपीपलमा उक्त कार्यक्रम गरेको हो । 

    वर्ष २०२६/०२७ अन्तर्गत पहिलो कार्यक्रम वृक्षारोपणबाट सुरुवात गरिएको क्लबका अध्यक्ष उमेश थापा लाटोमगरले बताउनुभयो । बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत राजमार्ग क्षेत्र (ठुटीपीपलमा) कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । अम्बा, गुलमोहर, कल्की लगायत विभिन्न प्रजातिका गरी ४५ वटा विरुवा रोपिएको उहाँले बताउनुभयो । 

    कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको फस्ट भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो । अक्सिजनका लागि बोटविरुवा आवश्यक रहेको उहाँको भनाइ छ । ‘विरुवा रोपेर मात्र हुँदैन । रोपिएका विरुवाहरु कत्तिको संरक्षण भए, त्यसतर्फ ध्यान दिन म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।

    त्यस्तै ओमसतिया गाउँपालिका–१ का वडाअध्यक्ष बेल बहादुर बराल मगरले ओमसतिया–१ लाई रोजेर कार्यक्रम आयोजना गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि क्लबले वडामा कार्यक्रमहरु आयोजना गर्ने विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालयले पनि क्लबसँग सहकार्य गर्ने उहाँले बताउनुभयो ।

    ijidjijdjijdi.JPG

    कार्यक्रम संयोजक विनोद मिश्रको स्वागत तथा लायन्स क्लब अफ सिद्धार्थनगरका द्वितीय उपाध्यक्ष कमल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।