२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

‘रेडक्रस रुपन्देही जिल्ला शाखाले छुट्टै पहिचान बनाएको छ’

आइतवार , श्रावण ३, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ३ साउन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले छुट्टै पहिचान बनाउन सफल भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले आगामी दिनमा पनि रेडक्रस रुपन्देहीले अझै रचनात्मक कार्य गर्दै जाने विश्वास व्यक्त गरे ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आइतबार भैरहवामा भएको ५० औं वार्षिक साधारण सभामा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) ले रेडक्रस रुपन्देही शाखा विभिन्न आरोह–अवरोह पार गर्दै इतिहास बनाउन सफल भएको बताउनुभयो । उहाँले कोभिड लगायत विभिन्न विषम परिस्थितिमा जिल्ला शाखाले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

    त्यस्तै रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले यही साउन ७ गते विभिन्न कार्यक्रम गरी जिल्ला शाखाको स्थापना दिवस मनाइने बताउनुभयो । उहाँले साधारण सभामा आएका सुझावहरु ग्रहण गरेर अघि बढ्ने बताउनुभयो । 

    रेडक्रस रुपन्देहीका सल्लाहकार मित्रलाल न्यौपानेले रेडक्रस मानवीय कार्यमा अहोरात्र खटिएको उल्लेख गर्नुभयो । अर्का सल्लाहकार कुल प्रसाद लामिछानेले रेडक्रसको अभियान बृहत रहेको बताउनुभयो ।

    देवदह नगरपालिका उपशाखा तदर्थ समितिको कोषाध्यक्ष मनकला पाण्डेले रेडक्रस मानव सेवामा निस्वार्थ ढंगले लाग्ने संस्था रहेको बताउनुभयो ।

    रेडक्रस रुपन्देही शाखाका सभापतिका सभापति रामचन्द्र उपाध्यायको सभापतित्व, उपसभापति रुपमा हिराचनको स्वागत तथा कार्यबाहक मन्त्री दिनेश पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला उप–कोषाध्यक्ष अल्ताफ हुसेनले रेडक्रसका सात सिद्वान्त वाचन गर्नुभएको थियो ।

    crossred.jpg

    कार्यक्रममा कार्यबाहक मन्त्री दिनेश पन्थीले प्रशासनिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुनराज उपाध्यायले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पवन कुमार पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको जिल्ला सदस्य केशव उपाध्यायले बताउनुभयो ।