२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

चितवनतर्फको सडक खुलाइयो, धादिङमा अझै अवरुद्ध

सोमवार , श्रावण ४, २०८३

  • 733
    Shares
  • 733
    Shares
  • चितवन, ४ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।

    पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२, फिस्लिङस्थित पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । सोमबार बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी रामेश्वर पौडेलका अनुसार, धादिङको जवाङ खोलामा पहिरो खसेकाले चितवनतर्फ सडक खुलाइए पनि गाडी सञ्चालन हुन सकेको छैन ।स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।