२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

रिभल्वर र गोलीसहित एकजना पक्राउ

बिहिवार , श्रावण ७, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा, ७ साउन । प्रहरीले रुपन्देहीको बुटवलबाट रिभल्वर र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–९ बस्ने २६ वर्षिय रेशम तुङसिङ मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    डीएसपी चन्दका अनुसार साउन ५ गते विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कमा शंकास्पद रुपमा हिंड्डुल गरिरहेका मगरलाई सोधपुछपश्चात कानूनबमोजिम खानतलासी गरिएको थियो । खानतलासी गर्दा उनको साथबाट रिभल्वर १ थान र गोली ५ थान बरामद भएको गरिएको थियो ।

    पक्राउ परेका मगरलाई हातहतियार खरखजना मुद्दामा रुपन्देही जिल्ला अदालतबबाट पाँचदिनको म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।