२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको अध्यक्षमा प्रतीक पाण्डे

शुक्रवार , श्रावण ८, २०८३

  • 817
    Shares
  • 817
    Shares
  • तिलोलत्तमा, ८ साउन । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको वर्ष २०२६/२०२७ का लागि नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२५/२०२६ को कार्यसमितिले नयाँ नेतृत्वलाई क्लबको जिम्मेवारी र ग्याभेल हस्तान्तरण गरेको हो ।

    WhatsApp Image 2026-07-23 at 1.12.40 PM.jpeg

    कार्यक्रममा वर्ष २०२५/२०२६ का अध्यक्ष रमेश पराजुलीले वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष प्रतीक पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको थियो । 

    सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले तिलोत्तमा स्टार्सलाई समाजसेवामा अग्रणी बनाउने र शिक्षा, स्वास्थ्य तथा पर्यावरणका क्षेत्रमा नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    WhatsApp Image 2026-07-23 at 1.15.01 PM.jpeg
    नवनिर्वाचित अध्यक्ष प्रतीक पाण्डे

    कार्यक्रममा क्लबबाट वर्षभरी गरिएका सामाजिक कार्य र आर्थिक गतिविधिको समीक्षा गर्दै प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । क्लबका सचिव पिताम्बर खनालले क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष रत्ना रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    एरिया चिफ कृष्ण प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता, लायन्स अगुवा गोविन्द प्रसाद गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाण्डे र विशिष्ट अतिथि गिरीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा एरिया कोषाध्यक्ष लक्ष्मी थापा, जोन १६ को चेयरपर्सन बीना पौडेल क्षेत्री लगायतले बोल्नुभएको थियो ।

    रत्ना रिजालको स्वागत तथा क्लबको कार्यक्रम वर्ष २०२५/०२६ का सचिव पिताम्बर खनाल र वर्ष २०२६/२०२७ का सचिव नारायण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।