२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध

आइतवार , श्रावण १०, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौं, १० साउन । पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ । अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ ।

    सो क्रममा उहाँहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको थियो । राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

    १० दिनसम्म पनि यातायात सुचारु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन् ।