२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा वृक्षारोपण

सोमवार , श्रावण ११, २०८३

  • 307
    Shares
  • 307
    Shares
  • भैरहवा, ११ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले भैरहवामा वृक्षारोपण तथा स्वच्छ वातावरण कार्यक्रम गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका तथा ६ नम्बर वडा कार्यालयको सहयोगमा सिद्धार्थनगर–६ स्थित पाल्पाली पथमा कार्यक्रम गरेको हो ।
    क्लबको वर्ष २०२६÷०२७ का अध्यक्ष सुरज भट्टराईका अनुसार २३ वटा आरसीसी ब्लक (गमला) मा विरुवा रोपिएको हो । अध्यक्ष भट्टराईले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरलाई हराभरा बनाउन यस्तो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

    754884647_27858084460478284_3806327600399200702_n.jpg

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, डिष्ट्रिक लिडर सुनिल सेन्चुरी, निर्मला श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, पूर्वअध्यक्ष गौतम गुप्ता, सेराज खानलगायतले वृक्षारोपणको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रम संयोजक प्रियाबन्ध न्यौपानेले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

    756989969_27858084050478325_7260538737669566508_n.jpg