२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिद्धार्थ बौद्ध गुम्बामा बत्ती बाल्ने भवनको शिलान्यास

सोमवार , श्रावण ११, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, ११ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थ बौद्ध गुम्बा परिसरमा निर्माण हुने बत्ती बाल्ने भवनको शिलान्यास गरिएको छ । सोमबार उक्त भवनको छोटेलाल यादव र सावित्रीदेवी यादवले शिलान्यास गर्नुभएको हो ।

    छोटेलाल र सावित्रीदेवी वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को पिता–माता हुनुहुन्छ । आफ्नो जन्मदिनको अवसरमा पिता–माताको हातबाट भवनको शिलान्यास गराउन पाउँदा खुसी लागेको वडाअध्यक्ष यादवले बताउनुभयो ।  

    उहाँले विगतमा पनि गुम्बाको पर्खाल, गेट लगायत निर्माण कार्यका लागि वडा कार्यालयले बजेट विनियोजन गरेको बताउनुभयो । अहिले बत्ती बाल्ने भवनको लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । यसका लागि आफूलाई साथ दिने वडा कार्यालय परिवारप्रति उहाँले आभार व्यक्त गर्नुभयो । ‘धेरै बोल्ने भन्दा पनि काम गर्ने कुरामा विश्वास राखेर हामी अघि बढेका छौं । उहाँले भन्नुभयो–‘विकास निर्माण र जनताको समस्या समाधानतर्फ केन्द्रीत छौं । वडाबासीको साथ र सहयोगको निरन्तर अपेक्षा राखेका छौं ।’

    fffffff.jpg

    सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्ध बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासीलगायतको उपस्थिति थियो।