२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनसरी घटनाको निष्पक्ष छानबीन र दोषीलाई कारवाही गर्न माग

मंगलवार , श्रावण १२, २०८३

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, १२ साउन । विश्व हिन्दू परिषद्, नेपाल रुपन्देहीले सुनसरी घटनाको निष्पक्ष छानबीन र दोषीलाई कारवाही गर्न माग गरेको छ । परिषद्ले मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो । 

    WhatsApp Image 2026-07-28 at 2.19.48 PM (1).jpeg

    सुनसरीको देवानगन्ज–३ स्थित कप्तानगन्जमा हालै घटेको अत्यन्तै दुःखद घटनाप्रति ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको विश्व हिन्दू परिषद्, नेपाल रुपन्देहीका कार्यकारी अध्यक्ष सुदीश महासेठले बताउनुभयो ।

    घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष र पारदर्शी उच्चस्तरीय न्यायीक छानबीन समिति गठन हुनुपर्ने, मन्दिरमा आक्रमण गर्ने र भीड नियन्त्रणका नाममा कम्मर भन्दामाथि गोली चलाउन आदेश दिने तथा गोली चलाउनेहरुको पहिचान गरी सर्वसाधारणको हत्या अभियोगमा कडा कानूनी कारवाही हुनुपर्ने, मृतक ओमप्रकाश मेहतालाई सम्मानसहित शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, ‘गोली कसले चलायो थाहा छैन’ भन्ने गैरजिम्मेवार अधिकारीलाई उत्तरदायी बनाउनुपर्ने, आगामी दिनमा यस्ता संवेदनशील धार्मिक कार्यक्रमहरुमा प्रयाप्त सुरक्षा प्रत्याभूति गर्नुपर्ने माग राखिएको उहाँले बताउनुभयो ।
    ज्ञापनपत्रमार्फत उठाइएका मागहरुलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष उहाँले माग गर्नुभयो । अन्यथा, आफ्नो न्याय र रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने उहाँले चेतावनी दिनुभयो ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले यस विषयमा सरकारको ध्यानाकर्षण भएको र घटनालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले संयमता अपनाउन तथा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्नु आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    ज्ञापनपत्र बुझाउन विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सचिव राजन उपाध्याय, लुम्बिनी प्रदेश सह–सचिव विकास यादव, रुपन्देही जिल्ला कार्यकारी अध्यक्ष सुदीश महासेठ, उपाध्यक्ष दुर्गा प्रकाश गुप्ता, सचिव विरेन्द्र ज्ञवाली, सह–सचिव सुनिल केवट, युवा प्रमुख सन्तोष भुषाल, सल्लाहकार गौतम कुमार गुप्ता, सिद्धार्थनगर समितिका अध्यक्ष पवन कुमार बर्नवाल, सचिव महेश प्रसाद गुप्ता, कोषाध्यक्ष मनोज अग्रहरी, सह–सचिव मुन्ना ठाकुर, रमेश चौरसिया, प्रेम नारायण साहु, आकाश यादव, विजय कुमार मौर्यालगायत जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

    लगायतको उपस्थितगत साउन १० गने आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।