२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

जगर्श ग्रुप भैरहवाको अध्यक्षमा अनिल के.सी.

आइतवार , श्रावण १७, २०८३

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १७ साउन । जगर्श ग्रुप भैरहवा सिद्धार्थनगर, रुपन्देहीको १७ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न संस्थाको साधारण सभा तथा अधिवेशनले अनिल के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिनेश पोख्रेल, सचिवमा चन्दन पाठक र कोषाध्यक्षमा हरिश  सेठिया रहनुभएको छ ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा धर्मराज आचार्य, गौरव श्रेष्ठ, विष्णु न्यौपाने (रोशन), गोपाल आचार्य, कृष्ण शर्मा र रमेश घिमिरे रहनुभएको छ ।

    जगर्श ग्रुप भैरहवाका अध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, संस्थाका संस्थाका जेष्ठ सदस्य एवं पूर्वअध्यक्ष प्रकाश घिमिरेको प्रमुख आतिथ्यता,संस्थापक अध्यक्ष अनिल उपाध्याय न्यौपानेको विशिष्ट आतिथ्यता, संरक्षक हरिशचन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष प्रेमराज शर्मा, विकास कुमार सेन,  निवर्तमान अध्यक्ष प्रियाबन्धु न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं जगर्श सदस्य ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-08-01 at 3.40.40 PM.jpeg

    कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिनेश पोख्रेलले गर्नुभएको थियो । जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिंड्ने समूह हो ।