२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

लायन्स भैरहवा लिगेसीले मनायो पाँचौं स्थापना दिवस

सोमवार , श्रावण १८, २०८३

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा, १८ साउन । लायन्स क्लब अफ भैरहवा लिगेसीले आफ्नो पाँचौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा क्लबले आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ केवलानीस्थित लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

    आश्रममा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले दाल, सोयाबीन, चना, चाउचाउ, सुजी, आलु, भुजालगायत सामग्री प्रदान गरिएको क्लबको वर्ष २०२६/०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालाले बताउनुभयो । उहाँले लायन्सको मर्म अनुसार क्लबले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर सन्दिप कसौधनले स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ भैरहवा लिगेसीले उत्कृष्ट कार्य गरेको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी हुन पाउँदा गर्वको महसुस भएको बताउनुभयो । 

    त्यस्तै लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले आश्रममा कार्यक्रम गरेर स्थापना दिवस मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । 
    लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोका मगरले आश्रममा लायन्स क्लबहरुले सहयोग गर्दै आएको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि आश्रमले यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

    लायन्स भैरहवा लिगेसीका सचिव रामनारायण ठाकुर (मुन्ना)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    स्थापना दिवसको अवसरमा आइतबार बिहान ओमसतिया गाउँपालिका–२ स्थित पडसरीमा वृक्षारोपण कार्यक्रम गरिएको क्लबका निवर्तमान अध्यक्ष राजन शुक्लाले बताउनुभयो ।