२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

लुम्बिनी म्याक्स हस्पिटलमा नियमित खोप कार्यक्रम शुभारम्भ

सोमवार , श्रावण १८, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, १८ साउन । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि.मा नियमित खोप कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवा शुभारम्भ गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पिछडिएको क्षेत्रमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल स्थापना गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँले अस्पतालले अझै विभिन्न सेवाहरु थप्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

    त्यस्तै अस्पतालका अध्यक्ष सर्जन डा.प्रवीण कुमार जोशीले आगामी दिनमा अस्पतालले थप सेवा सुविधा विस्तार गर्दै लैजाने बताउनुभयो ।

    अस्पतालका कार्यकारी निर्देशक डा. रामप्रसाद बस्यालले पिछडिएको क्षेत्रमा नागरिकलाई सुर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालन भइरहेको बताउनुभयो । 

    ओमसतिया गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत माधव पौडेलले बालबालिकालाई खोप लगाउने कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि.ले गाउँपालिकासँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीबाट सेवानिवृत्त चिन्तामणि ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादव, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि.ले बालबालिकालाई अकाल मृत्युबाट जोगाउन खोप लगाउनुपर्ने र नियमित खोप कार्यक्रम घरआँगनमै सुरु हुनु सराहनीय रहेको बताए ।

    kooo.jpg

    अस्पतालमा हाल जनरल सर्जरी, महिला तथा प्रसुती, नशा तथा मानसिक, जनरल फिजिसियन, हाडर्जोनी, मृगौला, प्रोस्टेट, नाक, कान, घाँटी, थाइराईड, बालरोग, भिडियो एक्स–रे, अपरेशन लगायतका सेवा प्रदान भइरहेको अस्पतालका प्रशासन प्रमुख राम मनोहर जयसवालले बताउनुभयो ।

    2222.jpg