२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद

शनिवार , श्रावण २३, २०८३

  • 541
    Shares
  • 541
    Shares
  • भैरहवा, २३ साउन । सशस्त्र प्रहरीले रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी इलाकाबाट सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार सेमरपानी इलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य ७ लाख ३ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरिएको हो । बरामद गरिएको सामान आवश्यक कारवाही प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिनुभयो ।

    त्यस्तै शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. बाट खटिएको टोलीले रोहिणी–१ सेमरपानी इलाकाबाट अन्दाजी मूल्य ४० हजार रुपैयाँ बराबरको ४ वटा पाडा बरामद गरेको छ । बरामद भएको सामान आवश्यक कारवाही प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    WhatsApp Image 2026-08-07 at 11.07.42 AM.jpeg

    त्यसै गरी बिहीबार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, इलाका प्रहरी कार्यालय, बेलहिया र सशस्त्र प्रहरी बल नेपाल एकीकृत जाँच चौकी सुरक्षा बेसका सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमाण्डमा साँया कुकुरसहित खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा चेकप्वाईन्टमा लागूऔधष जस्तो देखिने वस्तुसहित सामान बरामद गरेको छ । 

    चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको शंकास्पद देखेपछि चेकजाँच गर्दा डग (साँया)ले संकेत गरेकोले बुटवल उपमहानगरपालिका–६ बस्ने ४८ वर्षिय कपिल बज्राचार्यलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । बज्राचार्यको साथबाट मोबाईल भिभो १ थान,  Tramadol ८०२ पिस, ⁠Kofftoip Syrupi ९ पिस, ⁠ ⁠⁠Cocksiyal ५ बोटल र ⁠ड्राइभिङ्ग लाईसेन्स १ थान बरामद गरिएको छ ।