२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

लायन्स क्लबहरूको शपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न

मंगलवार , श्रावण २६, २०८३

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २६ साउन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल रिजन १६ अन्तर्गत जोन ३३ र ३४ का लायन्स क्लबहरूको संयुक्त शपथ ग्रहण तथा पदस्थापन समारोह रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ।

    सोमबार आयोजित समारोहमा विभिन्न लायन्स क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई शपथग्रहण गराउँदै पदस्थापन गरिएको हो। रिजन १६ का रिजन चेयरपर्सन डा. भोजराज बस्यालको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन क्षेत्रीय प्रमुख एवं पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाको प्रमुख आतिथ्यता तथा डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थी द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन अर्चित श्रेष्ठ, एरिया–५ का एरिया चिफ राकेश गुरुङ, जोन ३३ का जोन चेयरपर्सन मिलन विश्वकर्मा तथा जोन ३४ का जोन चेयरपर्सन संजय सिंह के.सी. लगायत लायन्सका पदाधिकारी तथा सदस्यहरूको सहभागीता थियो ।

    समारोहमा पदस्थापित नयाँ नेतृत्वले लायन्सको मूल उद्देश्यअनुसार मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो । वक्ताहरूले समाजमा देखिएका समस्या समाधानमा सेवामूलक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै लायन्सका गतिविधिलाई समुदायमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

    लायन्स अभियानले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण, गरिब तथा विपन्न समुदायको सहयोगलगायतका क्षेत्रमा गर्दै आएको सेवामूलक कार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएका थिए ।

    रिजन १६ अन्तर्गत जोन ३३ र ३४ का सम्पूर्ण क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न समारोहमा लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ लुम्बिनी क्रिएटिभ लेडी, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लिम, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लायन्स क्लब अफ भैरहवा लिगेसी, लायन्स क्लब अफ भैरहवा वेस्ट र लायन्स क्लब अफ सिद्धार्थनगर नोबल भिजनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

    समारोहले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरणसँगै लायन्स क्लबहरूबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने सन्देश दिएको आयोजकले जनाएको छ ।