२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा सिद्धार्थनगरद्वारा सरसफाई

बुधवार , श्रावण २७, २०८३

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका समिति, रुपन्देहीले सरसफाई कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार बिहान भैरहवास्थित सिद्धार्थ बसपार्क क्षेत्रमा सरसफाई गरिएको कार्यक्रम संयोजक तथा रास्वपा सिद्धार्थनगरका सचिव उमेश अग्रहरीले बताउनुभयो । सरसफाईसम्बन्धी सचेतना फैलाउने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको नगर सचिव अग्रहरीले बताउनुभयो ।

    WhatsApp Image 2026-08-12 at 11.05.53 AM (1).jpeg

    कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको रास्वपा सिद्धार्थनगर–३ का वडा सभापति ओजीर पठानले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

    विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।