२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन भदौ १४ गते हुने

बुधवार , श्रावण २७, २०८३

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिल्ला अधिवेशन आगामी भदौ १४ गते भैरहवामा हुने भएको छ । राप्रपा रुपन्देहीको नियमित जिल्ला बैठकले उक्त निर्णय गरेको हो ।

    पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, केन्द्रिय सदस्य तथा केन्द्रबाट खटिनुभएका पर्यवेक्षक ध्रुव रायमाझीको विशेष उपस्थितिमा मंगलबार सिद्धार्थनगर नगरपालिका–३ स्थित राप्रपा जिल्ला पार्टी कार्यालय बैठकमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा राप्रपाको केन्द्रिय महाधिवेशन, प्रदेश तथा जिल्ला अधिवेशन सम्बन्धी विशेष छलफल भएको पार्टीका नेता अजय कुमार गुप्ताले बताउनुभयो । बैठकले सबै नेता–कार्यकर्तालाई आगामी अधिवेशन सफल बनाउन उपस्थितिसहित तन, मन, धनले सफल बनाउन आग्रह तथा निर्देशन गरेको उहाँले जानकारी दिनुभयो । नेता गुप्ताका अनुसार केन्द्रिय महाधिवेशन तथा प्रदेश अधिवेशनका लागि सक्रिय सदस्य फारम निर्धारित समयमा अनलाइनमार्फत समेत भरेर बुझाउने, अधिवेशन नभएका वडा, पालिका, क्षेत्र साउन मसान्तसम्म सम्पन्न गरेर जिल्ला निर्वाचन समितिलाइ बुझाउने बैठकले निर्णय गरेको छ ।

    त्यस्तै पार्टीबाट टाढा (निष्क्रिय रहेका) विभिन्न नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुलाई ’पार्टी फर्क’ अभियान अन्तर्गत सक्रिय गर्न/गराउन अनुरोध तथा प्रयाश गर्ने निर्णय गरिएको छ ।

    WhatsApp Image 2026-08-12 at 11.58.31 AM.jpeg
    undefined

    बैठकमा तिलोत्तमा वडा नम्बर ७ स्थित करहिया दल्का खानेपानी उपभोक्ता समितिमा निर्वाचित राप्रपाका अगुवाहरु खुम बहादुर राना, विनोद अर्याल र हरि प्रसाद अर्याललाइ टीका, माला लगाएर स्वागत एवं बधाई ज्ञापन गरिएको नेता गुप्ताले जानकारी दिनुभयो ।