२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

नेतृत्व विकास तालिम सम्पन्न

आइतवार , श्रावण ३१, २०८३

  • 571
    Shares
  • 571
    Shares
  • भैरहवा, ३१ साउन । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देही शाखाले आफ्ना महिला फोटोग्राफर सदस्यहरुका लागि एकदिवसीय नेतृत्व विकास तालिम प्रदान गरेको छ ।  १८७ ओैं विश्व फोटोग्राफर दिवसको अवसरमा शनिबार बुटवलमा उक्त तालिम आयोजना गरिएको संघले जनाएको छ ।

    कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदीप श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयोे–‘महिलाहरुलाई आर्थिक उपार्जनमा जोड दिन र व्यवसायलाई नेतृत्व प्रदान गर्नका लागि महिला फोटोग्राफर सदस्यहरुका लागि आयोजित नेतृत्व विकास तालिम आवश्यकता रहेको र थप प्रभावकारी हुनेछ ।’ 

    तालिममा तालिम व्यवस्थापन समितिका संयोेजक कमला घर्तीमगर, सदस्य थानप्रसाद डुम्रे, संघका सल्लाहकार माधवप्रसाद पन्थ, कानूनी सल्लाहकार कमला तिवारी, सहभागीहरु आलिया पाण्डेय र गोमा ज्ञवालीले तालिम उपलब्धीपूर्ण रहेको बताउनुभयो । सहभागीहरुले आगामी दिनमा उद्घोषण र विक्रयकला तालिमको अपेक्षा रहेको समेत उल्लेख गर्नुभयो । तालिममा ५० जनाको सहभागीता थियो ।

    WhatsApp Image 2026-08-15 at 4.59.30 PM.jpeg

    संस्थाका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता, प्रथम उपाध्यक्ष माधव पन्थको स्वागत तथा महासचिव त्रिभुवन पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।