२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

जब भारतमा रोटरीको स्थापना दिवसमा नेपालको राष्ट्रिय गान बज्यो

बुधवार , भाद्र ३, २०८३

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, ३ भदौ  । नेपाल-भारत सम्बन्धको रोटीबेटीको भावनालाई झल्काउने एउटा विशेष कार्यक्रम मंगलबार भारतको उत्तर प्रदेशस्थित देवरियामा सम्पन्न भएको छ । रोटरी क्लब अफ देवरिया सदरको चार्टर (स्थापना दिवस) तथा प्रथम पदग्रहण समारोहमा नेपालको राष्ट्रिय गान बजाइएको थियो ।

    कार्यक्रम पलक लान, कसया रोडमा आयोजना गरिएको थियो । समारोहमा भारतीय राष्ट्रिय गानसँगै नेपाली राष्ट्रिय गानको धुन बज्दा उपस्थित नेपाली अतिथिहरू गौरवान्वित भएका थिए ।
    रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ता कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो । उहाँले भन्नुभयो–‘एकातर्फ भारतीय राष्ट्रिय गान र अर्कोतर्फ नेपालको राष्ट्रिय गान बजिरहेको दृश्यले नेपाल–भारतको रोटीबेटी सम्बन्धलाई चरितार्थ गरेको महसुस भयो । नेपाली पहिचान झल्कने टोपी र साउनमा पवित्र मानिने रुद्राक्ष माला लगाएर सम्मान ग्रहण गर्दा हामी गौरवान्वित भएका थियौं ।’

    रोटरी क्लब अफ देवरिया सदरका संस्थापक अध्यक्ष राकेश धार द्विवेदीको अध्यक्षता, वर्ष २०२७–२८ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट दिनेश गर्गको प्रमुख आतिथ्यता, दैनिक जागरणका संजय मिश्र, असिस्टेन्ट गभर्नर डा. विपिन शर्मा, जीएसआर निलश कुमार, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ता, सांसद सलभमणि त्रिपाठीको विशिष्ट आतिथ्यता तथा रोटरीयन शिवहरि शर्मा, उमेशचन्द्र आचार्य, सन्तोष शुक्ला लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-08-19 at 3.31.12 PM.jpeg
    WhatsApp Image 2026-08-18 at 9.52.32 PM.jpeg
    WhatsApp Image 2026-08-18 at 9.52.31 PM (1).jpeg
    WhatsApp Image 2026-08-18 at 9.52.33 PM.jpeg
    WhatsApp Image 2026-08-18 at 9.52.34 PM.jpeg

    दुई देशका रोटरी क्लबहरूबीचको यस साझेदारीले आपसी मित्रता र साँस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो।